पिंगलास्थानमा युवतीको हत्याका आरोपी युवा ओखलढुङ्गामा मृत भेटिए
पुस २०, २०८१ शनिबार
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशमा मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकमा रहेकाे निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्ताे बताउनुभएकाे हाे ।
पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमालेले देशमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार चुनावकाे परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
उहाँले अबको एक/दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उहाँले बताउनुभयो । यो चुनाव परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको उहाँले तर्क गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दामोदर गौतम
Nov. 24, 2022, 5:37 p.m.आखिर मिलेरै सरकार बनाउन पर्ने रैछ भने के कारणले गर्दा २ पटक संसद भंग गरेको त पहिले बरु लुडो खेलाएको भए नेपालको पैसा त बच्थ्यो यिनै बुढाहरु प्रधानमन्त्री बन्नेभए ।