पाँचथर : गठबन्धनका उम्मेदवारलाई ४७ मतान्तरले हराउँदै एमालेका नेम्वाङ निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार ७:१५:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ । गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो ।

नेम्वाङले आङ्देम्बेलाई ४७ मत अन्तरले पराजित गर्नुभएकाे हाे । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।

नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेम्बाङले २०७४ सालमा पनि आङ्देम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

जिल्लामा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र मात्र रहेको छ । जिल्लाको प्रदेश सभा (क) सत्ता गठबन्धनका कमलकुमार जवेगर र (ख) पनि गठबन्धनकै ईन्द्रबहादुर आङ्बो निर्वाचित हुनुभएको छ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया