भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्या...
बैशाख १०, २०८२ बुधबार
काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन वटै सरकार संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।
शनिवार अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग कोषले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन तहकै सरकारहरु संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले दुर्गम स्थानका शारीरिक अशक्त भएर बसेका व्यक्तिहरुको सेवा प्रवाहमा पालिका तह बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले संघीय सरकार र प्रदेश सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरुको सवालमा संवेदनशील भएर र बजेट छुट्याएर काम गर्नुपर्ने बताउनुभयो । मन्त्री रेग्मीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरुको सेवा, सुविधामा ध्यान नदिएको गुनासो आएको भन्दै मन्त्रालय गम्भीर बनेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।