हेटौँडा १० बसपार्ककाे एक डान्सबारमा चक्कु प्रहार, ३ जना घाइते

 पुस १७, २०७९ आइतबार १५:५७:२३ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – हेटौँडा उपमहानगरपालिका क्षेत्रमा फेरि चक्कु प्रहार भएको छ । हेटौँडाको मानसचोक नजिक चक्कु प्रहार भएको तीन हप्तापछि फेरि चक्कु प्रहार भएको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको हेटौँडा डान्सबारमा रक्सी खाएर केही युवाले चक्कु प्रहार गर्दा होटलका सञ्चालकसहित तीन जना घाइते भएका छन् ।  

बसपार्क नजिकै अस्थायी प्रहरी पोस्टमा प्रहरी बस्छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर पनि नजिकै छ । रातको समयमा होटलका सञ्चालक र कामदारमाथि चक्कु प्रहार भएको स्थानीयवासीले बताएका छन् ।

चक्कु प्रहारबाट डान्सबार सञ्चालक हेटौँडा १ बस्ने ४० वर्षीय संजय लामा घाइते हुनुभएको छ । उहाँको निधारमा गहिराे चोट लागेकाे छ । उहाँकाे निधारमा पाँच वटा टाका लगाइएको छ । यसैगरी यही डान्सबारमा काम गर्ने हेटौँडा ४ बस्ने २४ वर्षीय विजयकुमार मोक्तान घाइते हुनुभएकाे छ । उहाँको नाक र ओठमा धारिलो हतियारले काटेको देखिन्छ । उहाँलाई १७ वटा टाका लगाइएको छ । यस्तै यही डान्सबारमा काम गर्ने हेटौँडा–४ बस्ने २८ वर्षीय राेशन श्रेष्ठ घाइते भएका छन् । उहाँको टाउकोमा चोट लागेको छ । 

रक्सी खाएर चक्कु प्रहार गर्ने चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीले चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको आरोपमा बसपार्क बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ, आनन्द टोल बस्ने ४१ वर्षीय विष्णुलाल योन्जन, ३१ वर्षीय निमा योन्जन र हेटौँडा १ बस्ने ४० वर्षीय सुरेश महर्जनलाई पक्राउ गरेकाे हाे । उनीहरूले रक्सी खाइसकेपछि बिल तिर्ने क्रममा झगडा भइ कुटपिट गर्दा सञ्चालक र कर्मचारी घाइते भएका हुन् । प्रहरीले उनीहरूकाे साथबाट एक थान चक्कुसमेत बरामद गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया