मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

 पुष २५, २०७९ सोमबार ७:२७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन ।

वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा वायुमण्डलमा थुप्रिएको प्रदूषण पनि हट्न थालेको उहाँले जानकारी दिनुभयो ।  

हावा चल्न थालेपछि प्रदूषण पनि कम हुन थालेको हो । दिउँसाे पारिलो घाम लाग्न थालेसँगै काठमाण्डौको अधिकतम तापक्रम क्रमिक रुपमा बढ्न थालेको छ । अस्ति २० डिग्री सेल्सियस रहेको काठमाण्डौको तापक्रम हिजो २१ डिग्री सेल्सियसमा पुगेको थियो । आज पनि पारिलो घाम लाग्ने भएकाले तापक्रम बढ्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै, तराईका जिल्लामा पनि मौसममा सुधार आएको छ । केही दिन अघि शीतलहर चलेको तराई मधेसका जिल्लामा अब घाम लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । बिहान हुस्सु कुहिरो लागे पनि दिउँसो हटेर घाम लाग्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया