सिटामोलको अभाव छैन, आवश्यक परेमा सम्पर्क गर्नुहोस् : नेपाल औषधि लिमिटेड

 कात्तिक ८, २०८१ बिहीबार १०:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ । डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै लिमिटेडले सिटामोल अभाव नरहेको प्रष्ट जनाएको हो ।

सिटामोलको नियमित उत्पादन भइरहेको र खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडको भनाइ छ ।

पछिल्लो समयमा बढ्न गएको डेङ्गीको सङ्क्रमणलाई ध्यानमा राख्दै सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाण्डौ बबरमहलमा रहेको बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको समेत औषधि लिमिटेडले जानकारी दिएको छ । 


 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया