बाग्मतीमा आज सानो आकारको मन्त्रिपरिषद् गठन हुँदै : मुख्यमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिने

 पुस २६, २०७९ मंगलबार ७:२३:३२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिँदैछन् ।

बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि सबै तयारी भइसकेको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनुहुनेछ । मुख्यमन्त्री जम्मकट्टेलसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गर्नेछन् ।

सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताउनुभएको छ । जसका कारण भागबण्डा मिलाउन सकस पर्ने देखिन्छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया