बाग्मती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

 पुस २९, २०७९ शुक्रबार १४:११:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश सभाकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन पाठक विजयी हुनुभएको छ । उहाँ ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । 

आज शुक्रवार प्रदेश सभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक विजयी हुनुभएको हो । सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा उहाँ सत्तारूढ दलहरूका तर्फबाट उम्मेदवार बन्नुभएकाे थियाे । पाठकलाई राप्रपासहित नेकपा एमाले, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीका सांसदले मतदान गरेका थिए । 

नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सिर्जना सायजुले तीन मतमात्र प्राप्त गर्नुभयो ।  

सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकिपाले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया