सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बदली

 माघ २, २०७९ सोमबार ८:३६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । तराईका जिल्लामा अहिले लागेको हुस्सु कुहिरो दिउँसो हट्ने सम्भावना छ । मौसमविद्का अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

दिउँसो पारिलो घाम लाग्ने गरेकाले अधिकतम तापक्रम पनि घटेको छैन । काठमाण्डौको हिजोको अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस थियो । आज पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया