देशका धेरै ठाउँमा तुवाँलो, सुदूरपश्चिम र कर्णालीका हिमाली जिल्लामा हिमपात

 माघ ६, २०७९ शुक्रबार ७:१९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – देशका धेरै ठाउँमा तुवाँलो लागेको छ । लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा प्रदूषण थुप्रिदा तुवाँलो लागेको मौसमविद्ले बताएका छन् ।

यसपालिको हिउँदमा अहिलेसम्म जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्ने गरी पानी नपर्दा सुक्खापन बढेको छ । केही दिनयता देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । तर पानी भने पर्न सकेको छैन ।

हिजो बिहीवार सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी परेको थियो । आज शुक्रवार पनि कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काललाई जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन । तर अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात भने भइरहेको छ । एक/दुई दिनको मौसम अब यस्तै रहने उहाँले बताउनुभयो ।

काठमाण्डौसहित पहाडी जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बदलीको अनुमान छ । अहिले तुवाँलो लागेका ठाउँमा बिहान १०/११ बजेपछि भने सफा हुँदै जाने मौसमविद् पौडेलले बताउनुभयो । मौसम बदली भइरहेकोले काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाको अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाण्डौको हिजोको अधिकतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घट्न थालेकाले चिसो बढेको छ ।

यस्तै मौसमविद् वरुण पौडेलका अनुसार अहिले पूर्वी र मध्य तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ । पश्चिम तराईमा भने मौसम सामान्यतया सफा नै रहेको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया