यसपालिको हिउँदमा ३० वर्ष यताकै कम वर्षा, सोमबारदेखि देशभर झरी पर्ने अनुमान

 माघ ७, २०७९ शनिबार १८:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको छ । मौसम विज्ञान विभागको तथ्यांक अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि सन् २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शुन्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांक छ । अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव १ मिलिमिटर पानी परेको थियो ।

नेपालमा मंसीर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिन्छ । यस वर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकोले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले बताउनुभयो ।

हिउँदमा पानी कम पर्दा सुख्खा बढेको छ । यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुको साथै वहुआयामिक असर पर्ने जलवायु एवम् विपतविज्ञ उप्रतीले बताउनुभयो । हिउँदमा पानी कम पर्दा पानीका मुहानहरु सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्ने लगायतका समस्या आउने उप्रेतीले बताउनुयो ।

यसैबीच आउँदो सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहिबार सम्म काठमाण्डौ लगायतका क्षेत्रमा सामान्यदेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । हिमाली भेगमा भने मंगलवारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।  
 
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया