सन्धिखर्कका किसानलाई अनुदानमा डीप फ्रिज, घास काँट्ने र भकारो सोहोर्ने मेशिन वितरण

 फागुन १२, २०७९ शुक्रबार १२:३३:२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक किसानलाई अनुदानमा डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाईप्रेसर क्लिनर मेशिन वितरण गरेको छ ।  

सन्धिखर्क नगरपालिकाको पशु सेवा शाखाले किसानका मागको आधारमा किसानलाई ५० प्रतिशत अनुदानमा डीप फ्रिज १९ वटा, ७५ प्रतिशत अनुदानमा विद्युतीय घाँस काट्ने मेशिन ९ वटा र ५० प्रतिशत अनुदानमा भकारो सोहोर्ने हाईप्रेसर क्लिनर मेसिन १८ वटा वितरण गरेको हाे ।

पशुपालनमा लागेका किसानकाे सहजताका लागि विभिन्न प्रकारका मेशिन वितरण गरेकाे सन्धिखर्कका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । दुग्ध तथा मासुजन्य पदार्थको संरक्षण गर्नुका साथै समयको बचत गर्न र थोरै कामदारबाट धेरै पशुपालन गरी उत्पादन वृद्धि गर्ने नगरपालिकाले अपेक्षा लिएको उहाँकाे भनाइ छ ।

सन्धिखर्ककी उपमेयर आचार्यले व्यावसायिक कृषि र पशुपालनमा लागेकाे किसानलाई नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे । आधुनिक र प्रविधीमैत्री तरिकाबाट कृषि र पशुपालन गर्दा किसानलाई बढी फाइदा हुने भएकाले विभिन्न प्रकारका मेशिन वितरण गरेकाे उहाँले बताउनुभयाे । 

आफूहरूकाे मागका आधारमा नगरपालिकाले डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेशिन वितरण गरेकोमा खुसी भएको किसान बाबुराम पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया