मगर एकता दिवसका अवसरमा पाल्पाका सबै पालिकामा सार्वजनिक बिदा

 फागुन १५, २०७९ सोमबार ११:३५:११ | देव पचभैया
unn.prixa.net

पाल्पा - ४१औँ मगर एकता दिवसका अवसरमा पाल्पाका सबै पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।

दिवसको अवसरमा तानसेन र रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाले बिदा दिएका हुन्।

दिवसको अवसरमा पाल्पाका सबै पालिकामा विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घ, पाल्पाका अध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो। 

प्रायजसाे पालिकाले बजेट नै विनियोजन गरेर मगर एकता दिवस मनाउने गरेको अध्यक्ष घर्तीले बताउनुभयो । जातीय कलासंस्कृतिको जगेर्ना, मगरी खाना, मगरी भेषभुषा आदिको प्रदर्शन हुने नेपाल मगर सङ्घले जनाएको छ। 

मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभुषाको संरक्षण एवम् सवर्द्धन गर्ने उद्देश्यका दिवस मनाउने गरिएको हो। मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकीको प्रस्तुति गर्ने समेत कार्यक्रम रहेको सङ्घले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया