राेजगारीका लागि दुबई पुगेका अर्घाखाँचीका जीवनको बिचल्ली

 फागुन २२, २०७९ सोमबार १३:५३:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

फाइल फाेटाे

अर्घाखाँची – राेजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स (यूएई) काे दुबई पुग्नुभएका अर्घाखाँचीका एक युवा बिचल्लीमा पर्नुभएकाे छ । मालारानी गाउँपालिका–१ फाप्रेका जीवनराज आचार्यले आफूलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिन अपिल गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे, मेराे स्वास्थ्य अवस्था बिग्रेकाे छ । म नेपाल फर्कन चाहन्छु सहयाेग गर्नुहाेस् ।’

आचार्य २४ दिनअघि काठमाण्डाैमा रहेकाे 'गणपती ओभरसिज' नामक म्यानपावर कम्पनीबाट दुबई पुग्नुभएकाे थियाे । म्यानपावर कम्पनीले ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ गर्ने हो’, भनेर पठाएको उहाँले बताउनुभयाे । सर्तअनुसारको काम नपाएको उहाँकाे गुनासाे छ । ‘यहाँ म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नुपर्छ । एक सेकेन्ड यताउता गर्न पाइँदैन ।’

अहिले आफ्नो आँखामा गम्भीर समस्या आएको जीवनकाे भनाइ छ । उहाँले भन्नुभयाे, ‘आँखा दुखेर नजिकैको वस्तु पनि चिन्न नसक्ने अवस्थामा छु । कम्पनीले पानी पिएपछि निको हुन्छ भन्छ । उपचारका लागि कम्पनीमा धेरै पटक कुरा गरेँ तर कसैले मेरो समस्या सुन्दैनन् । जतिसक्दो नेपाल फर्किएर आँखाको उपचार गर्न मन छ, नत्र मेरो आँखा खत्तम हुने भयो ।’

आफूले काम गर्ने कम्पनी जेलभन्दा कम नभएको भन्दै आफू त्यहाँबाट मुक्त हुन चाहेको जीवनले बताउनुभयाे । ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु । कृपया मलाई सहयोग गरी नेपाल फर्काउने पहल गरिदिनुहोला’, उहाँले भन्नुभयाे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया