रुपन्देहीको ओमसतिया गाउँपालिकाले राजनीतिमा सक्रिय प्रधानाध्यापकको काज सरुवा गर्दै

 फागुन २६, २०७९ शुक्रबार १९:२३:२३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रधानाध्यापकहरू विद्यालयमा भन्दा राजनीति र अन्य गतिविधिमा सक्रिय भएको भन्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले प्रधानाध्यापकहरूको काज सरुवा गर्ने भएको छ ।

प्रधानाध्यापकहरू राजनीतिलगायतका अन्य गतिविधिमा सक्रिय बन्दा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा कमी आएपछि प्रधानाध्यापकहरूको काज सरुवा गर्ने निर्णयमा पुगेको गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादवले बताउनुभयो । पालिकाले शिक्षकलाई सेवा सुविधा उपलव्ध गराएपछि शिक्षकले पनि आफ्नो तर्फबाट राम्रो गर्नुपर्ने उहाँले बताउनुभयाे । 

‘नतिजा राम्रो नल्याउने र राजनीतिमा सक्रिय विद्यालयका प्रधानाध्यापकहरूलाई आउँदाे शैक्षिक सत्रमा पालिकाभित्रकै अन्य विद्यालयमा काज सरुवा गर्दैछाैँ’, गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले भन्नुभयो । उहाँले राजनीति वा पेसा एउटा रोज्न प्रधानाध्यापकसँग आग्रह गर्नुभयो ।

ओमसतिया गाउँपालिकामा १६ वटा सामुदायिक, १४ वटा संस्थागत र पाँच वटा धार्मिक विद्यालय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया