आज एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान, काठमाण्डौमा पानी पर्ने सम्भावना कम

 चैत २, २०७९ बिहीबार ७:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज बिहीवार देशका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको मौमसविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यो प्रभावका कारण अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएकाे छ । दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ । तर काठमाण्डौमा भने पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।

‘काठमाण्डौमा पानी पार्ने प्रणाली कमजोर देखिएको छ’, मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, ‘तर प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले एकै छिनमा बादल विकसित भई पानी पर्ने भएकाले बेलुकी पख हल्का वर्षा पनि हुन सक्छ ।’

साेझै विश्व कप छनाेटमा पुग्नका लागि आज नेपालले यूएईसँग खेल्ने भएकाले पनि माैसमबारे धेरैको चासो छ । पानी परे अङ्क बाँड्नुपर्ने अवस्था आउँछ, यस्ताे अवस्थामा नेपालको साेझै विश्व कप छनोट खेल्ने लक्ष्य पूरा नहुने भएकाले पानी पर्ने/नपर्नेबारे खेल समर्थकहरूको चासो छ । कीर्तिपुर मैदानमा हुने खेल बिहान साढे ९ बजे हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया