कलाकार/संघ र नेपाली समाजबीचको त्रिकोणात्मक सम्बन्धमा दरार देखियाे : नीर शाह

 चैत ४, २०७९ शनिबार १६:४३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ कलाकार नीर शाहले कलाकार, कलाकार संघ र नेपाली समाजबीचको त्रिकोणात्मक सम्बन्ध नराम्रो बन्दै गइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । 

शनिवार काठमाण्डौमा जारी नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन कलाकार, कलाकार संघ र नेपाली समाजबीचको सम्बन्धका कारण सक्षम भए पनि बिस्तारै सबैले आफ्नो भूमिका बिर्सिंदै गएको बताउनु भयो । उहाँले कलाकार, कलाकार संघ र समाजबीच पछिल्लो समय दरार उत्पन्न भइरहेको भन्दै सबै मिलेर यसलाई समाधान गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रका कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन यसकारण सक्षम भएका हुन्, त्यसको पछाडि त्रिकोणात्मक सम्बन्धले काम गरेको थियो । कलाकार, कलाकार संघ र नेपाली समाज नै त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ । जति यसमा त्रिकोणात्मक सम्बन्ध हुन्छ, त्यति धेरै राम्रो काम गर्न सकिन्छ । पछिल्लो समय यसमा केही दरार देखिएको छ । त्रिकोणात्मक सम्बन्धलाई यथासक्दो ढंगले अघि बढाउन सक्नुपर्छ ।’

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष एवं नेपाल चलचित्र कलाकार संघका निःवर्तमान अध्यक्ष नवल खड्काले राष्ट्रिय चलचित्र नीतिको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले चलचित्र सम्बन्धी कानून बनाउन नसकेको भन्दै आपत्ति जनाउनु भयो । 

त्यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिलेको नेतृत्वका लागि दाबेदारहरु कुर्सीका लागि मात्रै आएको आरोप लगाउनु भयो । उहाँले नयाँ आउने नेतृत्वलाई आफ्नो अभाव खड्किन नदिनेगरी काम गरेर देखाउन आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया