देशभरकै मौसम बदली, धेरैजसो ठाउँमा आज पनि पानी पर्ने

 चैत ६, २०७९ सोमबार ७:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तराईका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।

पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा  धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठले पर्सिसम्मकै मौसम यस्तै रहने बताउनुभयो । पश्चिमी वायुको  प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने क्रम पर्सिसम्म नै चल्ने उहाँले जानकारी दिनुभयो ।

यसपालिको हिउँदयाममा खासै  पानी पर्न सकेन । हिउँद सुक्खा भए पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ । यसले गर्दा प्रदूषण कम हुन र खेतीपातीका लागि केही राहत मिलेको छ । तर, यो समयमा असिना समेत पर्ने भएकाले कतिपय ठाउँमा भने तरकारी र फलफूल खेतीमा असर पर्न सक्छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया