धार नै परिवर्तन गरेर तामाकोसी नदी दोहन

 चैत ८, २०७९ बुधबार २०:३७:३८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको मन्थलीमा तामोकोसी नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन भइरहेको छ । मन्थली नगरपालिका–१ सुकाजोर खोलामा सञ्चालित मन्थली रोडा ढुङ्गा उद्योग प्रालीले क्रसर उद्योगलाई चाहिने कच्चा सामग्री झिक्नका लागि कोसीकाे धार नै परिवर्तन गरेको हो ।  

क्रसर व्यवसायीले कानुन विपरीत ठूल्ठूला डोजर चलाएर ढुङ्गा, बालुवा र गिट्टी निकालिरहेका छन् । कोसीमा ठूला डोजर लगाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि कानुन विपरीत जनप्रतिनिधिहरूको मिलेमतोमा क्रसर व्यवसायीले जथाभाबी नदी दोहन गरिरहेका स्थानीयको आरोप रहेको छ ।

जथाभाबी उत्खननले तामाकोसी नदीको घाटमा रहेको झोलुङ्गे पुल र आसपासको बस्ती नै जोखिममा परेको छ । तत्काल मन्थली नगरपालिकासँग जानकारी लिएर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयाे, ‘नदीजन्य पदार्थ उत्खनन गर्न मन्थली नगरपालिकाले टेन्डर लगाएको भन्ने जानकारी पाएको छु । यस विषयमा मन्थली नगरपालिकासँग जानकारी लिन्छु ।’

कानुन विपरीत नदी फर्काएर नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का (कार्की) बताउनुहुन्छ । उहाँले भन्नुभयाे, ‘म तत्काल इन्जिनियरसहितको टोली त्यस ठाउँतर्फ पठाउँछु । यदी नदीको धार नै परिर्वतन गरेको भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया