विदेशबाट फर्केकाहरुकाे ज्ञान र सीपलाई देश विकासमा लगाउनुपर्छ : अध्यक्ष ओली

 चैत ११, २०७९ शनिबार १३:२८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्केकाहरुकाे ज्ञान, सीप देश विकासमा लगाउनुपर्ने बताउनुभएकाे छ ।

शनिबार काठमाण्डौमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने पनि उहाँकाे भनाइ थियाे ।

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई देश निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यहीँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कामको हिसाबमा हामी विदेशमा जानु परेको छ । जाने बाध्यता हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं । स्वदेश फर्किदा केही ज्ञान, केही सीप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं । तर कहिलेकहिले कस्तो हुन्छ भने कुन उत्साहका साथ फर्किएर आयो । यहाँ एक्लै परिन्छ । अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती । भएको उद्योग पनि सिद्धिएर उद्योगविहीनताको स्थिति । यस्तो अवस्थामा रिटर्नीका बेथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन् । समाधान मिलेर गर्नुपर्छ ।'

यस्तै उहाँले साम्प्रादायिक नारा लगाएर समस्याको समाधान नहुने पनि बताउनुभयाे । कुनै पनि समस्या समाधान नहुने भएकाले देशमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको उहाँकाे भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया