पाल्पा–बुटवल सडक दैनिक ९ घण्टा बन्द हुने

 चैत १९, २०७९ आइतबार २०:६:२९ | देव पचभैया
unn.prixa.net

फाइल तस्बिर

पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा निर्माण सुरु भएको सुरुङ मार्ग निमार्णका लागि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले चैत २१ गतेदेखि लागू हुने गरी प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

अर्को सूचना नआएसम्मका लागि सडक बन्द गरिने प्रमुख जिल्ला अधिकारी बास्ताेलाले बताउनुभयाे । एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई भने अवरोध नहुने उहाँले बताउनुभयाे ।

सुरुङ निर्माणका क्रममा माथिबाट ढुङ्गा–माटो खस्न सक्ने जोखिम भएकाले सडक बन्द गरेर काम थालिने जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • शिव पुरी

    April 2, 2023, 9:03 p.m.

    बन्द गर्नेको विकश भयको देशमा नौलो कुरो भयन बन्द अवधीमा काम को प्रगति शुन्य भयको छ्😡😡😡

  •  0 Reply

तपाईको प्रतिक्रिया