धेरै ठाउँको मौसम धुम्म : ठूलो पानी नपर्ने, भोलि र पर्सि तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना

 वैशाख २, २०८० शनिबार ७:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म छ ।

मौसम धुम्म भए पनि अबका तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । काठमाण्डौमा उच्चतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

आज दिउँसोपख पहाडी केही क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा र अरु बाँकी पहाडी एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली नै रहनेछ । भोलि र पर्सि तराई क्षेत्रका थोरै ठाउँहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया