वसुन्धराश्री पुरस्कार डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई प्रदान गरिने

 बैशाख ६, २०८० बुधबार २०:३२:४० | रासस
unn.prixa.net

काठमाण्डाै – वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा. रुइतलाई २०८० सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई २०८० सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

२०११ भदौ १९ गते ताप्लेजुङको ओलाङचुङगाेलामा जन्मनुभएका डा. रुइतले तिलगङ्गा आँखा अस्पताल एवम् सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ । रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएकाे छ ।

विसं २०११ माघ ९ गते म्याग्दीको नाँगीमा जन्मनुभएका डा. पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसक्नुभएको छ ।

वसुन्धराश्री पुरस्कारकाे राशि ७५ हजार रुपैयाँ रहेकाे छ । मानश्री पुरस्कारकाे राशि ५० हजार रुपैयाँ रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Babita tamang Thapa Magar

    April 23, 2023, 11:47 a.m.

    Well written

  •  0 Reply

तपाईको प्रतिक्रिया