सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा आज पानी पर्ने सम्भावना

 वैशाख ७, २०८० बिहीबार ७:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । यस्तै, आज बेलुकीपख बाग्मती र कोही प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

हिजो पनि ताप्लेजुङ, जोमसोम, दार्चुला, डडेल्धुरा लगायत केही ठाउँमा पानी परेको थियो । हिजोदेखि स्थानीयसँगै पश्चिमी वायुको प्रभाव परेको छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा धेरै परेको छ । देशभर भने फैलिन बाँकी छ । भोलि भने यो प्रणालीको प्रभाव देशभर पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । उहाँका अनुसार मौसम बदली भए पनि काठमाण्डौमा भने तत्काल पानी पर्ने सम्भावना छैन ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया