प्रि मनसुनमा चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम

 वैशाख २०, २०८० बुधबार ७:२४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रि मनसुनको समयमा मेघगर्जन र चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम हुने मौसमविद्ले बताएका छन् । प्रि मनसुनको समयमा छोटो समयमा नै एकै पटक ठूलो  पानी पर्ने भएकाले पहिरो र हिमपहिरोको जोखिम हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

प्रि मनसुनका बेला बिहान र दिउँसो घाम चर्किने र बेलुकी पख हावाहुरी र चट्याङसहित ठूलो वर्षा हुने हुन्छ । गर्मीमा हिउँ पग्लिने र वर्षा भए पछि पहिरो बनेर खस्ने उहाँले बताउनुभयो । वर्षा नभए पनि गर्मीका कारण हिमपहिरोको खतरा भने हुने मौमसविद् मानन्धरले बताउनुभयो । यस्तै, प्रि मनसुनमा पहाडी क्षेत्रमा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ । धेरैजसो मनसुनका बेलामा पहिरो जाने भए पनि प्रि मनसुनमा पनि जोखिम उत्तिकै हुने उहाँले बताउनुभयो ।  

दिनभरि तातिएको जमिनमा बेलुका वर्षा भएपछि पहिरो जाने सम्भावना रहने मौसमविद्को भनाई छ । केही दिन यता हिमाली र पहाडी जिल्लाका धेरै ठाउँमा लगातार पानी परिरहेकाले पहिरोको जोखिम उच्च छ । बर्खामा पर्ने पानीको अनुमान गर्न सकिने भए पनि बर्खा अघिको अवधि प्रि मनसुनमा अनुमान गर्न कठिन हुने पनि मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रि मनसुनमा स्थानीय वायुको प्रणाली बनेर एकै छिनमा पानी पर्ने हुन्छ । यसमा पश्चिमी वायु पनि मिसिए झन् ठूलो वर्षा हुन सक्छ । त्यसैले यस्तो बेला पर्वतारोहण र यार्सा संकलन गर्न जाँदा तथा यात्रामा निस्कदा र खेतबारीको काममा जाँदा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यसैबीच, अहिले पनि केही पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेको छ । आज काठमाण्डौसहित धेरै पहाडी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् मानन्धरले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया