गोकर्णेश्वरमा आयाेजित राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिंजापती प्रथम

 बैशाख २३, २०८० शनिबार १९:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिंजापति प्रथम हुनुभएको छ । वैशाख २३ गते शनिवार आज काठमाण्डौको आरुबारीमा सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय हुनुभयो।

यसैगरी भिजन गुरागाईँ, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

पुरस्कृत गजलकारहरुलाई कार्यक्रमका सभापति तथा प्रमुख अथिति लगायत अतिथिहरुले नगद, प्रमाण प्रदान गर्नुभएको थियो । पुरस्कृत गजलकारहरुमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना २० हजार रुपैयाँ प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले गोकर्णेश्वरलाई साहित्यिक हब बनाउने उद्देश्यकासाथ गएकाे ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिताहरु गरिरहेको जानकारी दिनुभयो ।

मेयर रिसालले देशको भाषा, साहित्य र संस्कृति संरक्षणका लागि नगरपालिका सदैब क्रियाशील रहने बताउँदै गजल महोत्सवको सफलताबाट अरु उत्साह थपिएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजल विधामा युवापुस्ताको आकर्षण लोभलाग्दो रहेको भन्दै गजल विधाको राम्रो सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा पूर्व मन्त्री रामेश्वर फुयाँल, वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसे लगायतका वक्ताहरुले गोकर्णेश्वर नगरपालिकाले साहित्यिक क्षेत्रमा देखाएको उत्सुकता धेरैका लागि प्रेरणादायी रहेको बताउनुभयो ।

देशका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी गजल महोत्सवका लागि ४ सय ५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्याङ्कनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको थियो । 

प्रतियोगितामा वाचन गरिएका गजलहरुको मूल्याङ्कनकर्तामा करुण थापा, प्रभाती किरण र धनेन्द्र ओझा रहनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया