पहाडी क्षेत्रमा बेलुकीपख वर्षाको सम्भावना, तराईका धेरैजसो ठाउँमा भने तत्काल पानी नपर्ने

 जेठ ५, २०८० शुक्रबार ७:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तराईका धेरैजसो क्षेत्रमा लामो समयदेखि पानी परेको छैन । आज पनि बिहानैदेखि तराईका जिल्लामा घाम चर्किएको छ ।

काठमाण्डौसहित पहाडी जिल्लाका केही ठाउँमा मौसम बदली भइ हल्का वर्षा भइरहे पनि तराईमा लामो समयदेखि पानी परेको छैन । तराईमा आज पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार तराईका धेरै ठाउँमा तत्काल पानी पर्ने सम्भावना छैन ।

पहाडी क्षेत्रका केही ठाउँमा भने आज पनि पानी पर्ने अनुमान छ । प्रि-मनसुनका गतिविधि सक्रिय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा अबका केही दिन बेलुकीपख पानी पर्ने  मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित भएको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै कारण दिउँसो पछि हावाहुरी, मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया