पहाडी क्षेत्रका थोरै ठाउँमा आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

 जेठ ६, २०८० शनिबार ७:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – देशका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

प्रि–मनसुनी गतिविधि सक्रिय नै रहेको र आज कोशी, वाग्मती र गण्डकी क्षेत्रमा कतै कतै मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सन्जिव अधिकारीका अनुसार ती क्षेत्रको मौसम अहिले आंशिक बदली रहेको छ ।

काठमाण्डौ उपत्यकामा पनि दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । आज कोशी प्रदेश र मधेश प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । आज राति पनि कोशी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । ती क्षेत्रको पहाडी थोरै ठाउँमा  मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

अबका तीन दिन नै मौसम यस्तै रहने अनुमान छ । अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया