पाल्पाकाे सत्यवतीमा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे, ११ जना घाइते

 जेठ २१, २०८० आइतबार १९:२६:३८ | देव पचभैया
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा – पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आज आइतवार बेलुकी जीप दुर्घटना भएकाे हाे । दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलिसकेकाे छैन ।  

प्रहरीका अनुसार सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप सडकबाट तल खसेकाे हाे । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया