असुरक्षाका कारण बाराको पचरौता नगरपालिकाले कार्यालय सार्ने

 कात्तिक ९, २०७५ शुक्रबार १७:३५:३० | जयनारायण यादव
unn.prixa.net

बारा – असुरक्षाको कारण देखाउँदै बाराको पचरौता नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र सार्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिकाको कार्यालय वडा नम्बर ४ बाट वडा नम्बर ६ पकडियामा सार्ने निर्णय गरेको नगरप्रमुख रमेशकुमार यादवले जानकारी गराउनुभयो ।

कलैयामा पत्रकार सम्मेलन गरी नगरप्रमुख यादवले स्थानीय केही व्यक्तिको आक्रमण र गाली गलौजका कारण कर्मचारीका साथै जनप्रतिनिधि असुरक्षित महशुस गरेकाले कार्यालय सार्न लागिएको जानकारी गराउनुभयो ।

स्थानीयको अवरोधका कारण कार्यालय सञ्चालन गर्न समेत समस्या उत्पन्न भएपछि कार्यालय सार्नु परेको नगरप्रमुख यादवले बताउनुभयो । बैठकले नगर उपप्रमुख ईन्दु देवी यादवलाई स्वकीय सचिव उपलब्ध गराउन यसअघि असोज ११ गते भएको निर्णय स्थगित गरेको छ ।

बैठकले कर्मचारी र जनप्रतिनिधिको सुरक्षाको माग स्थानीय प्रशासनसँग गरेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया