सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकी घोषणा
बैशाख ६, २०८२ शनिबार
दाङ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाकाे बैठक अवरुद्ध भएकाे छ। बैठक सोमवार भाेलि दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएकाे सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाे छ।
असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन। त्यसपछि अवरुद्ध संसद् बैठक आइतवार आजका लागि आह्वान गरिएको थियो।
एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। सांसदहरु रोष्टमअगाडि उभिएर विरोध जनाएका थिए। अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नु भएकाे थियाे ।
मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरु रोस्टम घेराउ गर्न पुगेका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।