बिहान–दिउँसो घाम, बेलुकीपख हल्का वर्षाको अनुमान

 साउन ४, २०८० बिहीबार ७:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सामान्य अवस्थामा रहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।

बिहान र दिउँसो घाम लाग्ने तथा बेलुकीपख हल्का वर्षा हुने उहाँले जानकारी दिनुभयो । यसपालिको मनसुनमा केही क्षेत्रमा ठूलो परे पनि कतिपय ठाउँमा  आवश्यकता अनुसारको पानी पर्न सकेको छैन । यसले गर्दा किसान मारमा परेका छन् । आकाशे वर्षाको भरमा धान रोपाइँ गर्नु पर्ने ठाउँमा समस्या भएको छ ।

यसपालिको वर्षामा कुनै एक ठाउँमा ठूलो पानी परे पनि नजिकै वा अर्को क्षेत्रमा पानी नपर्ने जस्ता गतिविधि देखिएको छ । यसलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि अध्ययन हुन सकेको छैन । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम चर्किएको छ । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया