महिला विश्व कप फुटबलमा नाइजेरिया र क्यानडाबीचको खेल गोलरहित बराबरी

 साउन ५, २०८० शुक्रबार ११:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् ।

समूह ‘बी’ मा रहेका नाइजेरिया र क्यानडाले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलको इन्जुरीसमयमा नाइजेरियाकी मिडफिल्डर डेबोराह अबियोदुनले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा समेटिएको थियो । आजको दोस्रो खेलमा अहिले समूह ‘ए’ को फिलिपिन्स र स्विट्जरल्यान्ड खेलिरहेका छन्।

त्यस्तै, आजको अर्को खेलमा समूह ‘सी’ को स्पेन र कोस्टारिकाबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।

हिजोदेखि शुरु भएको महिला विश्व कपमा आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया