असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराएकाे छ ।
आज शुक्रवार न्युजिल्यान्डकाे फरसिथ बार स्टेडियममा भएकाे खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २–० गाेलले हरायाे । स्विट्जरल्यान्डका लागि खेलकाे ४५ औँ मिनेटमा राेमानाे बाचमानले पेनाल्टीमार्फत गाेल गरिन् । यस्तै खेलकाे ६४ औँ मिनेटमा सेरिना सेभेरिन पिउबेलले ६४ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह 'ए' मा रहेकाे स्विट्जरल्यान्डले ३ अङ्क जाेडेकाे छ ।
यसअघि आजै भएकाे अर्काे खेलमा समूह 'बी' नाइजेरिया र क्यानडाले गाेलरहित बराबरी खेलेका छन् । यस्तै अहिले समूह 'सी' काे स्पेन र काेस्टारिकाबीच खेल भइरहेकाे छ ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।