असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – फिफा महिला विश्व कप फुटबल २०२३ मा काेलम्बियाले दक्षिण काेरियालाई हराएकाे छ ।
आज मङ्गलवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा काेलम्बियाले दक्षिण काेरियालाई २–० गाेलले हरायाे । काेलम्बियाका लागि क्याटालिना उस्मेले खेलकाे ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह 'एच' मा रहेकाे काेलम्बियाले ३ अङ्क जाेडेकाे छ ।
यस्तै आजै न्युजिल्यान्डकाे वेलिङ्टन रिजनल स्टेडियममा भएकाे खेलमा फिलिपिन्सले घरेलु टाेली न्युजिल्यान्डलाई १–० गाेलले हराएकाे छ । फिलिपिन्सका लागि सरिना बाेल्डेनले खेलकाे २४ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह 'ए' मा रहेकाे फिलिपिन्सले ३ अङ्क जाेडेकाे छ । यस्तै अहिले पाैने २ बजे समूह 'ए' का स्विट्जरल्यान्ड र नर्वे खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।