नेपाल श्रीलङ्काकाे क्लबसँग ६ विकेटले पराजित

 साउन १०, २०८० बुधबार १७:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काकाे स्थानीय क्लबसँग पराजित भएकाे छ ।

आज बुधवार भएकाे खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ९८ रनकाे लक्ष्य ब्लूमफिल्डले ४ विकेट गुमाएर २४ ओभर ३ बलमै भेटायाे । ब्लूमफिल्डका हसिथा बाेयागाेडाले ९० र अशान फर्नान्डाेले नटआउट ५६ रन बनाए । बलिङतर्फ नेपालका सूर्य तामाङ र प्रतिश जिसीले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेपाल ४३ ओभर ४ बलमा १ सय ९७ रनम अलआउट भएको थियो । नेपालका अर्जुन साउदले ७९ र सन्दीप जाेराले ३१ रन बनाए । बलिङतर्फ ब्लूमफिल्डका ए वानीनायके र एम पेरेराले २/२ विकेट लिए ।

नेपालले एसिया कपअघि श्रीलङ्कामा विशेष तयारी गरिरहेकाे छ । अब नेपालले ३ वटा अभ्यास खेल खेल्नेछ । नेपालले बाँकी खेल काेसँग, कहिले खेल्ने भन्नेबारे नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएकाे छैन ।

नेपालले एक महिनापछि श्रीलङ्का र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ गते मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलङ्का जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ गते हुनेछ ।

समूह 'ए' मा नेपाल, भारत र पाकिस्तान छन् । समूह 'बी' मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली 'सुपर फोर' मा पुग्नेछन् । 'सुपर फोर' पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया