श्रीलङ्कासँगकाे टेस्ट शृङ्खलामा पाकिस्तानकाे 'क्लिन स्वीप'

 साउन ११, २०८० बिहीबार १७:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानले श्रीलङ्कासँगकाे दुई खेलकाे टेस्ट शृङ्खलामा 'क्लिन स्वीप' गरेकाे छ । आज बिहीवार काेलम्बाेमा श्रीलङ्कालाई एक इनिङ्स र २ सय २२ रनले हराउँदै पाकिस्तानले शृङ्खलामा 'क्लिन स्वीप' गरेकाे हाे ।

श्रीलङ्का दाेस्राे इनिङ्समा १ सय ८८ रनमै अलआउट भएपछि पाकिस्तान एक इनिङ्स र २ सय २२ रनले विजयी भएकाे हाे । श्रीलङ्काका एन्जेलाे म्याथ्युजले सर्वाधिक ६३ रन बनाए । बलिङतर्फ पाकिस्तानका नाेमन अलीले ७ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का पहिलाे इनिङ्समा १ सय ६६ रनमै अलआउट भएकाे थियाे । श्रीलङ्काका धनन्यज डी सिल्भाले सर्वाधिक ५७ रन बनाएका थिए । बलिङतर्फ पाकिस्तानका अबरर अहमदले ४ र नसीम शाहले ३ विकेट लिएका थिए । 

पाकिस्तानले भने पहिलाे इनिङ्समा ५ विकेट गुमाएर ५ सय ७६ रन बनाउँदै इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । पाकिस्तानका अब्दुल्लाह शफिकले दाेहाेराे शतक बनाएका थिए । यस्तै अघा सलमानले नटआउट १ सय ३२ र माेहम्मद रिजवानले नटआउट ५० रन बनाएका थिए । बलिङतर्फ श्रीलङ्काका असिथा फर्नान्डाेले ३ विकेट लिएका थिए ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया