भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायाे

 साउन १२, २०८० शुक्रबार ६:१८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएकाे छ । 

गए राति बारबाडोसकाे केंसिंग्टन ओभलमा भएकाे खेलमा वेस्ट इन्डिजले दिएकाे १ सय १५ रनकाे सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर २२ ओभर ५ बलमै पूरा गर्‍याे । भारतका लागि ईशान किशानले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका गुदकेश माेतीले २ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज २३ ओभरमा १ सय १४ रनमा अलआउट भयाे । वेस्ट इन्डिजका लागि शाई हाेपले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ र रविन्द्र जडेजाले ३ विकेट लिए । 

याे जितसँगै भारतले ३ खेलकाे शृङ्खलामा १–० काे अग्रता लिएकाे छ । यसअघि भएकाे २ खेलकाे टेस्ट शृङ्खला भारतले १–० ले जितेकाे छ । यी दुई टाेलीबीच ५ खेलकाे टी–२० शृङ्खला पनि हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया