महिला विश्वकप फुटबलमा आज स्वीडेन र इटाली, फ्रान्स र ब्राजिल तथा पनामा र जमैका खेल्दै

 साउन १३, २०८० शनिबार ९:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज स्वीडेन र इटाली, फ्रान्स र ब्राजिल तथा पनामा र जमैका खेल्दैछन् ।

आज हुने पहिलो खेलमा दिउँसो सवा १ बजे समूह ‘जी’ का स्वीडेन र इटालीबिच खेल हुनेछ । त्यस्तै समूह ‘एफ’ का फ्रान्स र ब्राजिल दिउँसो पौने ४ बजे खेल्नेछन् । आजको अर्को खेलमा बेलुका सवा ६ बजे समूह ‘एफ’ कै पनामा र जमैकाबीच खेल हुनेछ ।

हिजो भएका खेलमा इंग्ल्याण्ड र चीन विजयी भएका छन् । अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया