मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा, केही दिन देशभर बदली र वर्षाको सम्भावना

 साउन १३, २०८० शनिबार १९:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा आएकाले नेपालमा मनसुन थप सक्रिय भएको छ ।

यसअघि न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहँदा भारतमा धेरै वर्षा र नेपालमा कम भएकोमा आज सरदर स्थानको आसपास आएको मौसम पूर्वानुनमान् महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर वा उत्तरतर्फ सर्दै जाँदा नेपालमा प्रभाव बढ्न थाल्छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो तीन घण्टामा कास्कीमा मुसलधारे वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले कालीखोला लगायतका खोला खोल्साहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद् विनु महर्जनले देशका धेरैजसो ठाउँमा आउँदाे दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताउनुभयो । आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन चट्याङसहित ठूलो वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • himalal lamichhane

    July 29, 2023, 7:43 p.m.

    चितवन तिर कहिले पर्छ पानी

  •  0 Reply
  • Dipendra Himjali

    July 29, 2023, 7:40 p.m.

    खै कता आयो मुसलधारे यता त टह टह जुन छ @rukum west

  •  0 Reply

तपाईको प्रतिक्रिया