नर्वे र स्विट्जरल्यान्ड महिला विश्वकप फुटबलको अन्तिम १६ मा, आयाेजक न्युजिल्यान्ड बाहिरियाे

 साउन १४, २०८० आइतबार १५:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् ।

आज आइतवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएको समूह 'ए' को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलले हराएर नकआउटमा स्थान पक्का गरेको हो । नर्वेकी सोफी रोमान हगले ह्याट्रिक गरिन् । यस्तै क्यराेलिन ग्राहक हनसेनर गुराे रिटेनले गाेल गर्दा नर्वेले एक गाेल आत्मघाती उपहार पायाे । नर्वे ३ खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा रहँदै अन्तिम १६ मा पुगेकाे हाे । फिलिपिन्स ३ खेलमा ३ अङ्कसहित पुछारमा रहेर बाहिरिएको छ ।

आजै भएको समूह 'ए' कै अर्को खेलमा स्विट्जरल्यान्डले घरेलु टोली न्युजिल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । आजको बराबरीसँगै स्विट्जरल्यान्ड ३ खेलमा ५ अङ्कका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । आयोजक तथा घरेलु टोली न्युजिल्यान्ड बाहिरिएको छ । नर्वे र न्युजिल्यान्डकाे समान ४ अङ्क भए पनि गोल अन्तरका आधारमा नर्वे अन्तिम १६ मा पुग्यो ।

आजै अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको समूह 'एच' को खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलले हराएको छ । जितसँगै दुई खेलमा तीन अङ्कसहित मोरक्को तेस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको दक्षिण कोरिया पुछारमा छ ।

अर्को खेल समूह 'एच' का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे हुनेछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया