विशेष मौसमी बुलेटिन : भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा ...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंहदरबारमा लामाे समयदेखि 'अखडा' जमाइरहेका कर्मचारीलाई अन्यत्र सरुवा गर्ने बताउनु भएकाे छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले कर्मचारीको सरुवा र जिम्मेवारी पनि ज्येष्ठता तथा क्षमताका आधारमा हुने बताउनु भएकाे हाे । उहाँले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिनुभएको छ । उहाँले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रिपरिषदमा लैजाने बताउनुभयो ।
मन्त्री मोदीले भन्नुभयो, 'तीन सयभन्दा बढी ठाउँमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका पालिकामा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ, अनुमानयोग्य कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।'
उहाँले मधेस प्रदेशका पालिकामा निमित्तबाट चलाउने कार्य शून्यमा झारिएको जानकारी दिनुभयाे । सरकारले अर्थतन्त्र सुधार, जनजीविकाका मुद्दा तथा विकास र समृद्धिको विषयलाई पनि उच्च महत्त्व दिएको बताउँदै मन्त्री मोदीले देशमा पछिल्ला समय भएका विभिन्न घटनाका सम्बन्धमा सरकारले निष्पक्ष छानबिनका लागि निर्देशन दिँदै वातावरण बनाइरहेको बताउनु भयाे ।
यसअघि बैठकमा सदस्यहरुले सङ्घीय निजामती ऐन, सुन प्रकरणलगायतका घटना तथा भ्रष्टाचारसँग जोडिएका विषयका सम्बन्धमा जिज्ञासा माग गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।