महिला विश्वकप फुटबलकाे क्वाटरफाइनल समीकरण पूरा, कसले काेसँग खेल्दैछन् ?

 साउन २३, २०८० मंगलबार १९:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनल समीकरण पूरा भएकाे छ । 

आज मङ्गलवार भएकाे राउन्ड अफ–१६ काे अन्तिम खेलमा फ्रान्सले माेरक्काेलाई हराउँदा क्वाटरफाइनल पुग्ने ८ वटै टिमकाे टुङ्गाे लागेकाे हाे । याे खेलमा फ्रान्सले माेरक्काेलाई ४–० गाेलले हरायाे ।

क्वाटरफाइनल खेल आउँदाे शुक्रवारदेखि शुरु हुनेछ । क्वाटरफाइनलकाे पहिलाे खेलमा शुक्रवार बिहान पाैने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच खेल हुनेछ । त्यही दिन दाेस्राे खेलमा दिउँसाे सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।

यस्तै शनिवार पहिलाे खेलमा दिउँसाे पाैने १ बजे अस्ट्रेलिया र फ्रान्सबीच खेल हुनेछ । त्यही दिन दाेस्राे खेलमा सवा ४ बजे इङ्ग्ल्यान्ड र काेलम्बियाबीच खेल हुनेछ ।

नवाैँ संस्करणकाे महिला विश्वकप यसपालि अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेकाे छ । फाइनल खेल अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया