घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी

 साउन २४, २०८० बुधबार ६:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी भएको छ ।

पाँच खेलको शृंखलामा वेस्टइन्डिज २–१ ले अघि छ ।

गएराति भएको खेलमा जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतका सूर्यकुमार यादवले सर्वाधिक ८३ रन बनाए । तिलक बर्मा ४९ र हार्दिक पान्ड्या २० रनमा रनमा अविजित रहे ।

डेब्यू खेल खेलेका यशस्वी जैसवाल १ र शुभमन गिल ६ रनमै आउट भए ।

वेस्ट इन्डिजका अल्जारी जोशेफले दुई तथा ओबेद म्याककोयले एक विकेट लिए ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

उसका कप्तान रोभम्यान पावेल ४० रनमा अविजित रहे । ब्रेन्डन किंगले ४२ रन जोडे ।

भारतका कुलदीप यादवले ३ विकेट लिए । अक्षर पटेल र मुकेश कुमारले समान एक/एक विकेट लिए ।

पहिलो खेलमा वेस्ट इन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो ।

चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया