दाङमा एक युवकलाई धारिलाे हतियार प्रहार गरी फरार भएका ६ जना पक्राउ

 साउन २६, २०८० शुक्रबार १०:१५:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा एक युवकलाई धारिलो हतियार प्रहार गरी फरार भएका ६ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

गएकाे साउन १० गते घोराही उपमहानगरपालिका-१८ शङ्खेपिपल नजिक घोराही-१३ लाहुरेडाँडाका १८ वर्षीय छोरा तीर्थबहादुर पुनलाई ६ जनाकाे समूहले धारिलाे हतियार प्रहार गरी घाइते बनाएका थिए ।

घटनामा संलग्न भइ फरार रहेका ६ जना आरोपितलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । 

गम्भीर घाइते भएका पुनलाई राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवामा रिफर भएको थियो । पुनको अहिले भैरहवा अस्पतालमा उपचार भैरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया