नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुल्याे

 साउन २६, २०८० शुक्रबार १७:१८:५९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गएकाे असार ३ गते लगाएको ताला ५५ दिनपछि आज शुक्रवार खुलेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो । इन्टर्नशिप भत्ता वृद्धिको माग गर्दै ताला लगाएको स्ववियुले आफ्ना माग पूरा भएको जनाउँदै ताला खोलेको जनाएको छ ।

विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डिन प्रा. डा. चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले विश्वविद्यालयको अधिकृतस्तरको शुरुवाती तलबको ५० प्रतिशत बराबरको इन्टर्नशिप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालयको वार्ता टोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार याे निर्णय २०८० साउनदेखि लागू हुनेछ ।

यस्तै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) दाङले गएकाे असार ९ गते लगाएको ताला अझै खुल्न सकेको छैन । ताला नखुल्दा विश्वविद्यालयले सञ्चालन गर्ने कर्मचारी, उपप्राध्यापक, सहप्राध्यापककाे परीक्षा अनिश्चित हुँदा एक हजारभन्दा बढी परीक्षार्थी मर्कामा परेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया