एसिया कप क्रिकेटको लागि भारतीय टोली घोषणा, को को परे?

 भदौ ४, २०८० सोमबार १४:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यही भदौको १३ गतेदेखि पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटको लागि भारतले खेलाडीको घोषणा गरेको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

भारतीय टोलीमा कप्तान रोहित शर्मासहित, उपकप्तान हार्दिक पाण्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन,, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र प्रसिद्ध कृष्ण रहेका छन् ।

सञ्जु सामसन ट्राभलिङ प्लेयरका रुपमा रहेका छन् ।

एसियाकपमा भारत समूह ए मा रहेको छ ।

भारतले पहिलो खेल भदौको १६ गते पाकिस्तानसँग श्रीलंकामा खेल्नेछ । 
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया