विश्वकप विजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत

 भदौ ६, २०८० बुधबार १३:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ ।

विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो ।

उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका थिए ।

ओल्गा कार्मोनाले २९ औँ मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले उपाधि जितेको थियो ।

मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो ।

उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुवाको मृत्यको खबर दिइएको थियो ।

उनको बुवाको निधन विश्वकपको दिन आइतवार खेल शुरु हुनुभन्दा केही समय अघि मात्रै भएको थियो । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया