अफगानिस्तानले पाकिस्तानलाई दियाे ३ सय १ रनकाे लक्ष्य

 भदौ ७, २०८० बिहीबार १९:३८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई ३ सय १ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको हम्बनटोटामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय रन बनायाे । याे अफगानिस्तानले एकदिवसीयमा पाकिस्तानलाई दिएकाे अहिलेसम्मकै ठूलाे लक्ष्य हाे ।यसअघि सन् २०१८ मा अबुधाबीमा भएकाे खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय ५८ रनकाे लक्ष्य दिएकाे थियाे ।

अफगानिस्तानका रहमनुल्लाह गुरबाजले १ सय ५१ रन बनाए । यस्तै इब्राहिम जद्रानले ८० रन बनाए । गुरबाज र जद्रानले पहिलो विकेटका लागि २ सय २७ रनको साझेदारी गरेका थिए । यो अफगानिस्तानको एकदिवसीय इतिहासमा अहिलेसम्मकै दोस्रो ठूलो साझेदारी हो भने पाकिस्तानसँगको खेलमा पहिलो ठूलो साझेदारी हो ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ तथा नसीम शाह र उसमा मिरले १/१ विकेट लिए ।

पहिलो एकदिवसीय खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको छ । आजको खेल जितेमा पाकिस्तानले शृङ्खला जित्नेछ । ३ खेलको शृङ्खला जोगाइराख्न अफगानिस्तानलाई आजको खेल जित्नैपर्ने दबाब छ । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि शनिवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया