असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – मलेसियामा भइरहेको चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधिका लागि नेपालले एक सय दुई रनको लक्ष्य पाएको छ ।
बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई एक सय दुई रनको लक्ष्य दिएको छ ।
हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय एक रन बनायो ।
हङकङकी यिङ चानले २९ रन बनाइन् । नेपालका लागि खुसी डंगोलले तीन, कविता जोशी तथा अस्मिना कर्माचार्यले एक/एक विकेट लिए ।
प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए ।
यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप नेपालले यो प्रतियोगिता खेलेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।